
जनयुद्ध दिवसमा अमृत उज्जवल स्मृति मञ्चद्वारा विशेष कार्यक्रम सम्पन्न
जनयुद्ध दिवसको अवसरमा राज्यद्वारा वेपत्ता पारिएका विद्यार्थी नेता अमृत कँडेल र उज्ज्वल बरामकाे स्मृतिमा स्थापित अमृत उज्ज्वल स्मृति मञ्चले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङको बेनिघाट राेराङ गाउँपालिका अन्तरगत पर्ने मलेखुमा आयाेजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा माओवादी पाेलिटव्युराे सदस्य शालिकराम जमरकट्टेलले वेपत्ता नागरिकको त्याग तथा शहिदहरूकाे बलिदानबाट प्राप्त उपलव्धि गणतन्त्र भएकोले सहिद तथा वेपत्ता याेद्वाकाे सम्मानकाे लागि जनयुद्ध दिवसमा विदा दिइएको बताउनुभयाे । उहाँले सहिद वेपत्ता याेद्वाका सपना पूरा गर्न सबै एकजुट र प्रतिवद्व भएर लाग्नुपर्ने बताउनुभयो ।
अमृत उज्वल स्मृति सभा तथा जनयुद्ध दिवस २०७९ एवम् साँगीतिक कार्यक्रम मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे भने नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य राम ब. भण्डारी, पार्टी जिल्ला तथा प्रदेश कमिटी का नेताहरू लगायत विभिन्न विशिष्ट अतिथि तथा अतिथिहरुको उपस्थिति रहेकोे थियाे । कार्यक्रमामा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष तथा सहिद परिवार विवेक थपलिया, उपाध्यक्ष टाप ब. श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत भीष्म कु मल्ल, गजुरी गाँउपालिका प्रमुख गणेशलाल श्रेष्ठ, तीन ओटै पालिकाका निर्बाचित वडा अध्यक्ष, माओवादी केन्द्र बेनिघाट रोराङ्, गजुरी तथा सिद्दलेख का पार्टी अध्यक्ष/इन्चार्ज, नेता गण पार्टी का जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरूकाे सहभागीता थियाे । त्यस्तै बिभिन्न पार्टीका नेताहरु सहिद, बेपत्ता तथा घाईते अपाङ्ग परिवार र जन समुदायकाे उपस्थिति रहेकाे कार्यक्रममा अतिथिकाे रूपमा जनवादी कलाकारद्वय मनिस पी एम र उमेश विक तथा लोक दोहोरी गायकद्वय श्याम राना र सुमन थापा मगरकाे सहभागीता रहेको थियाे ।
भरत बराकाेटीकाे सञ्चालन रहेकाे कार्यक्रममा वेपत्ता याेद्वा अमृतकाे बुबाआमा, दाजु भाउजुहरू, दिदी तथा परिवार र आफन्तहरूकाे पनि सहभागीता रहेकाे थियोे ।
कार्यक्रममा बाेल्ने बक्ता तथा अतिथिहरूले राज्यले वेपत्ता नागरिकको यथार्थ अवस्था सार्वजनिक गर्न ढिलाइ गर्न नहुने विचार व्यक्त गरेका थिए ।
