संघियताबारे प्रश्न उठाउनेलाई बलियाे जवाफ दिनु पर्नेछ : सांसद सुस्पा भुजेल
बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेलले संघियताको औचित्यमाथि प्रश्न उठाउनेहरु बलियो गरी जवाफ दिन तत्काल काम थाल्ने बताउनु भएकाे छ । नेकपा माओवादीका तर्फबाट सिन्धुली जिल्लाकि सांसद रहेकी भुजेलले जिल्ला सदरमुकाममा रहेकाे जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारको ५० औँ स्वर्ण महोत्सवमा बोल्नु हुँदै साे धारणा राख्नुभएको हाे । उहाँले प्रदेशकाे विकास खर्च बढाएर ८० प्रतिशत पुर्याएर कर्मचारीलाई जवाफदेहि बनाउने याेजना रहेको जानकारी दिनुभयाे ।
उहाँले सामुदायिक विद्यालयप्रति आकर्षण वढाउदै जनप्रतिनिधि, कर्मचारीका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्थाको लागि बागमति प्रदेशमा पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो। कार्यक्रममा बोल्दै माननीय भुजेलले प्राविधिक विद्यालयलाई गुणस्तरिय वनाउन आईसिटी ल्याब तथा छात्रावासहरूको प्रवन्ध गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै साँसद भुजलले नीतिगत रूपमा नै एक विद्यालय एक खेलमैदान र प्राविधिक डिप्लोमा अध्ययनरत छात्रछात्रालाई ल्यापटपको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिन्धुली जिल्लालाई कृषि तर्फ स्वरोजगार मुलक ब्यवसाय बनाउन एक पालिका एक आधुनिक सुबिधा सम्पन्न कोल्ड स्टोर निर्माण गर्न प्रदेश सरकारसँग पहल गर्ने साँसद भुजेलको भनाई छ ।