क्यानकाे २८ ओैं संस्करण शुरू, के के छन् प्रदर्शनीमा ?

मूलखबर संवाददाता
काठमाडौं, २४ माघ

कम्प्युटर संसारकाे सबैभन्दा ठूलाे मेला क्यान इन्फाेटेककाे नयाँ संस्करण शुरू भएको छ । कम्प्युटर  एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयाेजनामा २८औं संस्करणको क्यान इन्फोटेक मेला मंगलबारदेखि सुभारम्भ भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुचना तथा सन्चार प्रविध मन्त्री रेखा शर्माको प्रमख उपस्थितिमा पत्रकार सम्मेलन गर्दै क्यान इन्फोटेक मेला सुरु भएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले क्यान महासंघले सो मेला आयोजना गर्न लागेको जनाएको छ।२८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’ रहेको छ ।

क्यान इन्फोटेकमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिनेछ। इन्फोटेकमा हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजकले जनाएको छ।

क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा करिब साढे तीन लाख जनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।