यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बारामा एकैदिन ३ सय ३२ जना फरार सुचिमा रहेका अभियुक्त पक्राउ. मूलखबर संवाददाता काठमाडौं जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएपछि फरार भएका ३ सय ३२ जनालाई बारा प्रहरीले सोमबार एकैदिन पक्राउ गरेको छ।. जिल्ला प्रहरी कार्यालय बाराले फरार सूचीमा रहेका उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।. पक्राउ पर्नेमा सामान्य जरिवानादेखि हातहतियार, बैंकिङ कसुरलगायतको मुद्दामा कैद सजाय सुनाइएका प्रतिवादी समेत छन्।. बाराका प्रहरी प्रवक्ता राजेश थापाले अधिकतम साढे ६ वर्षको कैद सजाय सुनाइएका फरार व्यक्तिदेखि सामान्य जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए।. थापाका अनुसार पक्राउ पर्नेमा ६ वर्ष पाँच महिना १० दिन कैद सजाय तोकिएका कलैया उपमहानगरपालिका-१ का विजय दास, बैंकिङ कसुर मुद्दामा सात लाख जरिवाना तोकिएका पचरौता २ का एजाजुल हक अंसारी, हातहतियार मुद्दामा कैद सजाय पाएका निजगढ-१ का बासु चौधरीलगायत छन्।. पक्राउ परेकामध्ये ३६ जनालाई वीरगन्जस्थित कारागार चलान गरिएको र अन्यले तोकिएको जरिवाना तिरेर मुक्त भएको थापाले बताएकाे खबर अन्नपूर्णमा प्रकाशित छ ।.
बारामा एकैदिन ३ सय ३२ जना फरार सुचिमा रहेका अभियुक्त पक्राउ
मूलखबर संवाददाता
काठमाडौं
जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएपछि फरार भएका ३ सय ३२ जनालाई बारा प्रहरीले सोमबार एकैदिन पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले फरार सूचीमा रहेका उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सामान्य जरिवानादेखि हातहतियार, बैंकिङ कसुरलगायतको मुद्दामा कैद सजाय सुनाइएका प्रतिवादी समेत छन्।
बाराका प्रहरी प्रवक्ता राजेश थापाले अधिकतम साढे ६ वर्षको कैद सजाय सुनाइएका फरार व्यक्तिदेखि सामान्य जरिवाना तोकिएका व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरिएको जानकारी दिए।
थापाका अनुसार पक्राउ पर्नेमा ६ वर्ष पाँच महिना १० दिन कैद सजाय तोकिएका कलैया उपमहानगरपालिका-१ का विजय दास, बैंकिङ कसुर मुद्दामा सात लाख जरिवाना तोकिएका पचरौता २ का एजाजुल हक अंसारी, हातहतियार मुद्दामा कैद सजाय पाएका निजगढ-१ का बासु चौधरीलगायत छन्।
पक्राउ परेकामध्ये ३६ जनालाई वीरगन्जस्थित कारागार चलान गरिएको र अन्यले तोकिएको जरिवाना तिरेर मुक्त भएको थापाले बताएकाे खबर अन्नपूर्णमा प्रकाशित छ ।