
प्रेस सेन्टरका नेता तथा सम्पादक खान पुरस्कारबाट सम्मानित
युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खानले ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कार प्राप्त गरेका छन् ।
सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा सम्पादक खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।
