इन्डिया नेपाल ताङ सूडो प्रतियोगितामा भाग लिन खेलाडी भारत प्रस्थान

मूलखबर संवाददाता
काठमाडौं

यहि पुस २० गते देखि हुने इन्डिया नेपाल ताङ सूडो प्रतियाेगितामा सहभागी हुन खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रतियोगितामा भाग लिन नेपालका तर्फवाट पाँच जना ताङ सूडो खेलाडीहरु मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।  प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना दिल्ली प्रस्थान भएका हुन् । उनिहरू नै खेलमा सहभागी हुुनेछन् । प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए । जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।