उमेदवारद्वारा मतदाता भेटघाटमा तिव्रता, समुता समाजका ६ सय भाेटकाे समर्थन गठबन्धनलाई
चुनावी प्रभार अभियानकाे लागि समयावधि सकिनै लाग्दा लमजुङमा उमेदवारहरूले आफ्नो मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । प्रमुख प्रतिस्पर्धामा देखिएका सत्ता गठबन्धन र एमालेका उमेदवारले आज विहानैदेखी सुन्दरबजार नगरपालिकाका वडा नं र ९ का मतदाता भेटघाटमा पनि प्रतिस्पर्धा गरिरहेका छन् । मतदाता भेटघाटमा व्यस्त गठबन्धनका उमेदवारहरू प्रतिनिधि सभा उमेदवार देव प्रसाद गुरूङ र प्रदेश ख का उमेवार भेष बहादुर पाैडेल तथा माओवादी तर्फका प्रतिनिधि सभाका समानुपातिक उमेदवार उर्मिला माझी र प्रदेश सभाका लागि कांग्रेसबाट समानुपातिक उमेदवार टीका बस्यालसहितकाे मतदाता भेटघाटमा समता तमु समाज भाेटेवडारमा आयाेजित कार्यक्रममा समता तमु समाजमा आवद्व ६ सय भाेट गठबन्धनको पक्षमा रहेकाे जानकारी दिइएको हाे ।
केन्द्र र प्रदेश दुबैमा गठबन्धनको सरकार बन्छ : महासचिव गुरूङ
कार्यक्रममा प्रतिनिधिसभाकाे लागि उमेदवार माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरूङले निर्वाचन पश्चात् केन्द्र र प्रदेश दुबैमा गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीले जनताकाे अधिकारलाई कुण्ठित गर्न खाेजेकाे तथा जनमतलाई लत्याउँदै दुई पटक संसद र संविधानकाे हत्या गर्न खाेजेकाले संविधान बचाउन र व्यवस्था बचाउन गठबन्धन बनेकाे बताउँदै आगामी सरकारले जनतालाई सुशासनसहितकाे विकास र समृद्धि दिने बताएका थिए ।
गठबन्धनको विजय भइसकेको तर घाेषणा गर्न मात्रै बाँकी : पाैडेल कार्यक्रममा प्रदेश सभा सदस्य उमेदवार तथा नेपाली कांग्रेस पुर्व सभापति भेषबहादुर पाैडेलले गठबन्धनको विजय भइसकेको तर घाेषणा गर्न मात्रै बाँकी रहेकाे बताएका छन् । उनले गठबन्धन कसैकाे रहर वा लहडमा बनेकाे नभई राष्ट्रकाे आवश्यकता भएकाले सबैले दायाँबायाँ नगरी गठबन्धनका उमेदवारलाई भाेट दिन अपील गरेका छन् । त्यसैगरी सिर्जनशील तमु समाजका अध्यक्ष सन्तबहादुर गुरूङले आफ्नाे नेतृत्वको समाजकाे समर्थन गठबन्धनका उमेदवारलाई रहने घाेषणा गरेका छन् ।