
एमालेले बहुमत माग्ने होइन, जनतासँग माफी माग्ने हो : डा. टकराज गुरूङ
नेपाली कांग्रेस लमजुंगका सभापति तथा गण्डकी प्रदेश सभाका लागि प्रदेश क का उमेदवार डा. टकराज गुरूङले एमालेले जनतामा आउर माफी माग्नुपर्ने बेलामा अझै घमण्ड गरिरहेको बताएका छन् ।
चुनावी अभियानको क्रममा जिल्लाको राइनास नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले एमालेको ओली दम्भका कारण दुइृतिहाई नजिक रहेको सरकार ढलेको र संविधानको र संसदको समेत हत्याको पटक पटक प्रयास भएकाले जनताले भुलेर पनि एमालेलाई मत दिन नहुने बताए ।
उनले एमालेले यतिवेला जनतासँग गएर फेरी बहुमत दिनुस भनेर भन्नु हास्यासपद भएको बताउँदै जनतासँग एमालेले घुँडा टेकेर माफी माग्नुपर्ने बताए । उनले भने एमालमा थोरै पनि राजनैतिक नैतिकता छ भने उसले जनतासँग आएर भोट होइन माफी मागोस् ।
