चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै हेर्दैन : राजदूत

मूलखबर संवाददाता
काठमाडौं

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।     भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि उनको टिप्पणी थियो, ‘हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ ।’

राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए । बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

चिनियाँ राजदूतसँगको बिदाई भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकामा जोड दिँदै भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागिमात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको बताएका थिए । याे समाचार कान्तिपुरमा छ ।