काठमाडौँ क्ष्रेत्र न.९ मा चुनावी प्रचारमा तिब्रता,निर्वाचन परिचालन समिति गठन

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ क्ष्रेत्र न.९ मा लोकतान्त्रिक वाम गठबन्धनले  चुनावी प्रचारमा तिब्रता दिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो उमेद्द्वारलाइ बिजयी गराउने उदेश्यअनुरुप निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । निर्वाचन क्षेत्र नं.९ अन्तर्गत नागार्जुन नगरपालिका वडा न. ८ मा आज  लोकतान्त्रिक वाम गठबन्धनको वडा स्तरिय निर्वाचन परिचालन समिति गठन भएको छ ।

यो क्षेत्रमा पहिलो पटक वडा स्तरीय  निर्वाचन परिचालन समिति निर्माण भएको हो भने यस कार्यलाई सबै वडासम्म पुर्याइने छ । नेपाली कांग्रेसका वडा सभापति रामहरि मरहट्ठाको अध्यक्षतामा आज सम्पन्न भेलाले उनको  सयोजकत्वमा १०१ सदस्य वडा निर्वाचन परिचालन समिति गठन गरेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रकी नेतृ एवम् क्षेत्र नं. ९ बाट गठबन्धनकी साझा उम्मेदवार कल्पना धमला, प्रदेश (ख) का उम्मेदवार श्यामकृष्ण खड्का, समानुपातिक उम्मेवारहरु किरण गिरि र देवकि पौडेललगायतको उपस्थिति रहेको थियो ।

उमेद्द्वारहरुले संविधानको रक्षा, सुशासन र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन आवश्यक रहेको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जन र नेकपा (एकिकृत समाजवादी) का क्षेत्रिय इन्चार्ज तोरण थापाले गठबन्धनको पक्षमा मतदान गर्न आम मतदाताहरुलाई अनुरोध गरेका थिए ।