घटस्थापनामा नौ जना नायीकालाई सम्मान गरिँदै, कसले गर्दैछ सम्मान ?

मूलखबर संवाददाता
काठमाडौं, ९ असोज ।

वर्षेनी नवदुर्गाको पहिलो दिन अर्थात घट्टस्थापनाका दिन पारेर रेजिना इन्टरटेनमेन्ट प्रा.लि. तथा शहीद फिल्मस प्रा.लि.ले संयुक्त रुपमा आयोजना गर्दै आएको ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान-२०७९’बाट यस् वर्ष पनि कलाकारिता मार्फत नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान दिने नौ अभिनेत्रीहरुलाई सम्मान गरिने भएको छ ।

चलचित्र बिकास बोर्डको प्रेक्षालयमा हुने उक्त कार्यक्रममा अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, स्वेता खड्का, ऋचा शर्मा, मेनका प्रधान, प्रियंका कार्की, पुजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाइ सम्मानित गरिने जानकारी आयोजक संस्था रेजिना इन्टरटेनमेन्ट प्रा।लि। तथा शहीद फिल्मस प्रा।लि।कि अध्यक्षद्वय रेजिना उप्रेती र बिमला केसीले जानकारी गराउनु भयो ।

त्यसैगरी बर्षै पिछे गरिदै आएको सम्मान कार्यक्रममा सम्मानित हुने ९ जना अभिनेत्रीहरुले अभिनय गरेका ९ वटा गित बाट नै सांस्कृतिक प्रस्तुतिहरु समेत रहने भएको छ भने उक्त नृत्यको तयारी नृत्य निर्देशक नरेश वीर सिंहले गरिरहेको कुरा पनि आयोजकद्व्य उप्रेती र केसिले जानकारी गराउनु भयो ।

अघिल्लो बर्ष नवदुर्गा सम्मानबाट अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञीराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई सम्मानित गरिएको थियो ।