
अधिकारीको नेतृत्वमा शिक्षक संगठनको समिति चयन
माओवादी केन्द्र निकट शिक्षकहरूको भेलाले सुन्दरबजार नगरपालिकामा नबराज अधिकारीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । अखिल नेपाल शिक्षक संगठनको असोज ८ गते सम्पन्न सुन्दरबजार नगरपालिका लमजुङको दोश्रो नगर अधिवेशनबाट अधिकारीको नेतृत्वमा सर्वसम्मत निर्वाचित एकीकृत अखिल नेपाल शिक्षक संगठन, सुन्दरबजार नगर समिती चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा विकास अधिकारी चयन भएका छन् भने सचिवमा भरत बस्याल चयन भएका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो । भेलाले चयन गरेका अन्य सदस्यहरुमा
अध्यक्ष नबराज अधिकारी, बरिस्ठ उपाध्यक्ष बिकास अधिकारी, महिला उपाध्यक्ष सृजना पान्डे, सचिब भरत बसेल, सहसचिब राज कुमार अधिकारी , कोशाध्यक्ष सुकुराम बिक, सदस्य सुशीला दर्जी, सिबजी लौडारी, भीष्म कान्त नेउपाने, ज्ञानेन्द्र अधिकारी, रामचन्द्र मग्राती, बिष्णु कार्की , सुरेश परियार रहेका छन् ।
