नेपालले बङ्गलादेशलाई यसै वर्षबाट विद्युत् बेच्छ : ऊर्जामन्त्री भुसाल
ऊर्जामन्त्री पम्फा भुसालले नेपालले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकि छिन । आज पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताइन । हाल नेपालले भारतमा मात्र बिजुली बिक्री गर्दै आएको छ ।
हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ उनले भनिन। भुसालले जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जाने बताइन ।
ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि तथा सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिएकी छिन ।
फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने र शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको गठबन्धनका नेताहरू बाहिर भएका कारण हुन नसकेको बताइन भने आज साँझसम्ममा टुङ्गिने उनको भनाइ थियो ।