पुर्वमन्त्री विना मगर कञ्चनपुर १मा प्रत्यक्षमा सिफारिस
धनगढी २३ भदौ ।कपा माओवादी केन्द्रले पूर्वमन्त्री बिना मगरलाई कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।
जनयुद्ध लडेकी र भैरवनाथ गणमा सेनाको चर्को यातना भोगेकी मगरलाई माओवादीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले सिफारिस गरेको हो।
माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर २०७० सालमा दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन्।
२०७४ सालमा भने निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार दिवान सिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइन्।