मगरहरु अझै शसक्त ढंगले अघि बढ्ने बेला आयो : आलेमगर

मूलखबर संवाददाता
काठमाडा, २७ साउन ।

नेकपा माओवादी निकट आदिवासी जनजाती संयुतm मोर्चा नेपालका इन्चार्ज सुरेश आले मगरले मगरहरु अब फेरी सशक्त रुपमा अगाडि वढ्ने बेला आएको बताउनुभएको छ ।

मगर राष्ट्रिय मुतिm मोर्चा नेपाल बागमती प्रदेशले शनिवार काठमाडौँमा आयोजना गरेको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य आलेमगरले मगर जाती र समुदायहरु एकत्रित भएर परिवर्तनको पक्षमा उभिनुपर्ने बताउनुभयो । उहाँले मगर राष्ट्रिय मुतिm मोर्चा नेपाललाइ सुदृढ र प्रवाभकारी र व्यवस्थितढङ्खले कार्य मुल्याङ्कन तथा सम्पादनगरी अघि बड्न पर्ने धारण पनि उहाँको थियो ।

कार्यक्रममामा विशेष अतिथिको रुपमा धारणा राख्दै साथै अर्का बक्ता बागमती प्रदे्श सह सचिब दल बहादुर बुर्लाकोटीले मगरहरु सुस्ताएका नभई राजनीतिक परिवेशलाई मनन् र समिक्षा गरिरहेका बताउँदै पार्टीसँग आवद्ध घटकहरुलाई सक्रिय पार्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका एजेण्डाको जननी माओवादी भएकाले माओवादी पार्टीलाई जिताउन मगरहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा बागमती प्रद्ेश अध्यक्ष चन्द्र राना मगरले नीतिगत कार्ययोजनाहरुलाइ लागुगर्ने दृढ आत्मविश्वास पैदा गर्दै कार्यक्षेत्रमा खट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश अन्तरगतका उपत्यका र अन्य जिल्लाहरुबाट सहभागिता रहेको थियो ।