
जसपाका भरतपुर महानगर युवा संघ अध्यक्षसहित युवाहरु माओवादी केन्द्रमा प्रवेश
जनता समाजवादी पार्टीको युवा संगठन समाजवादी युवा संघ महानगर अध्यक्ष थमन सिहं सुनारको नेतृत्वमा युवाहरुको समुह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार जसपाको युवासंघ परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा शान्ति सुनार, बुद्वीमाया सुनार, संगिता सुनार, अनिता सुनार, दिपेश सुनार , मनोज भुजेल, भिम वि क लगायतका युवाहरु रहेका छन् । उनीहरुलाइ नेता अधिकारीले टिका लगाई स्वागत गरेका थिए ।
अधिकारीले राजनीतिको मुल धार माओवादी केन्द्र र देशको नेतृत्व प्रचण्ड भएकाले क्रान्तिकारीहरु परिवर्तनकामीहरु जहाँ भएपनि माओवादी केन्द्रमा गोलबन्ध हुन आग्रह गरेका थिए ।
