
माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे वाग्मती प्रदेश समिति गठन
माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालले बागमती प्रदेशमा घनश्याम माझीकाे नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । राजधानीकाे खन्ना गार्मेन्टमा शनिबार सम्पन्न भेलाद्वारा माझीको अध्यक्षतामा ४१ सदस्य प्रदेश समिति गठन गरेकाे हाे । भेलाले उपाध्यक्षमा दिल कुमार माझी, मन्जु माझी, निर्मल माझी चयन गरेको छ । त्यसैगरी सचीवमा हरि बहादुर माझी र सहसचिवमा लक्ष्मण माझी, बीर बहादुर माझी र सुस्मा माझी चयन भएका छन् । भेलाले कोषाध्यक्षमा नारायण माझी लाई जिम्मेवारी दिएको छ । भेलामा नव निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य शुरेश आलेमगरले बधाई तथा शुभकामना दिनुभएको थियाे । कार्यक्रममा प्रमुख अतिथिको रूपमा माेर्चाका अध्यक्ष तुलबहादुर माझी रहनुभएकाे थियाे भने नेकपा माओवादी केन्द्रका वागमती प्रदेश सहसचिव तथा जातिय माेर्चाहरूकाे इन्चार्ज विजय बुर्लाकाेटी, उपाध्यक्ष मनिष माझी, महासचिव उर्मिला माझी, नेतृ लक्ष्मि माझी लगायतका नेता कार्यकर्ताकाे सहभागीता रहेकाे थियाे ।
