
नेपाली महिला रग्बी टोली इन्डोनेशीया प्रस्थान
नेपाली रग्बी खेलको महिला टोली इन्डोनेशीयाको जाकार्ता प्रस्थान गरेको छ ।
इन्डोनेसियाको जकार्तामा यही अगष्ट ६ र ७ मा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला रग्बी टोली बिहीबार नेपालबाट प्रस्थान गरेको छ । एलिसा थापाको कप्तानीमा प्रतिष्पर्धामा उत्रेको नेपाली महिला टीमलाई खेलकुद परिषदले विदाई गरेको थियो ।
