एमाले उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण
नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।
प्रत्येक दिन जसो कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका पोखरेलमा कोरोना संक्रमण देखिएपछि एमाले वृत्तमा संक्रमणको प्रभाव विस्तार हुने आशंका देखिएको छ । हिजो सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो ।
पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
