
महिला हिंसाविरुद्ध अधिकारकर्मीको माइतिघरमा प्रदर्शन
महिला हिंसाविरुद्ध अधिकारकर्मीले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा महिला अधिकारकर्मीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको तर राज्य उदासीन बनेको उनीहरूको आरोप छ । सरकारी तवरबाट नै बलात्कारजस्तो जघन्य अपराध र शारीरिक हिंसाका घटना मिलाउनेदेखि पीडितहरूको उजुरीसमेत नलिनेजस्ता गतिविधि भइरहेको उनीहरू बताउँछन् ।
उनीहरूले ‘हामी निर्धक्कले बाँच्न चाहन्छौँ, हामीलाई बाच्न देु, म पीडितको पक्षमा छुु, पीडितलाई दोष दिन बन्द गरु, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
