
सावधान, यस वर्षमात्रै ११८ ले गुमाए विपदबाट ज्यान
भर्खर वर्ष याम शुरु भएको छ तर यो वर्षको ३ महिनाको अवधिमा विभिन्न विपदजन्य घटनाामा ११८ नेपालीले ज्यान गुमाइसकेका छन् ।
गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो । घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् भने ७७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
