
विप्लव नेकपा छाडेर ७ दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश (नामसहित)
असार १५ को दिन । देशभर रोपाईको माहौल चलिरहेको बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालयमा अर्कै रौनक थियो । माओवादी केन्द्र दक्षीणपन्थी बन्यो, क्रान्ति छाड्यो भनेर अधुरो क्रान्ति पुरा गर्न भन्दै नयाँ पार्टी बनाएर क्रान्ति गर्न हिँडेका विप्लव नेतृत्वका पोलिटव्युरो सदस्य सहित ७ दर्जन नेता कार्यकर्ता पुरानै पार्टी माओवादीमा समाहित भएको घोषणा गरे । त्यसले पेरिसडाँडामा उपस्थित माओवादी अध्यक्ष प्रचण्डसहितका नेता कार्यकर्ताहरु उत्साहित देखिएका थिए भने माओवादी कार्यलयमा नयाँ रौनक थपिएको थियो । बाटो भुलेको वा आफुले त्यतिवेलाको बुझाई परिपक्व नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा मात्रै क्रान्ति सम्पन हुन सक्छ भन्ने निश्कर्षसाथ माओवादी प्रवेश गर्नेमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेकपाका पोलिटव्युरो सदस्य ओम प्रकाश पुन सहितका नेताहरु थिए ।
उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो ।
यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का, दलबहादुर धामी, लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहनुभएको छ ।
