एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित, कार्यसमितिमा पनि बहुमत (मत सहित)
अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा चुनिएका पंकजबिक्रम नेम्वाङले कार्यसमितिमा स्पष्ट बहुमत प्राप्त गरेका छन् । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् ।
२१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएपछि नेपाली फुटबलमा गणेश थापाको २२ वर्षे युगमा पूर्णविराम लगाउँदै २०७४ वैशाख २२ गते शेर्पा एन्फा अध्यक्षमा चुनिएका थिए । त्यसबेला सर्वाधिक मतसहित नेम्वाङ उपाध्यक्ष निर्वाचित भएका थिए । तर, शेर्पाले नेम्वाङलाई एक वर्षपछि मात्रै वरिष्ठ उपाध्यक्ष बनाएका थिए ।
शेर्पाले चार उपाध्यक्षलाई आफूअनुकूल कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपछि उनको नेम्वाङसँग सम्बन्ध चिसिएको थियो । त्यही चिसोपन तिक्ततामा परिणत हुँदै यो निर्वाचनमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको हो । जसमा नेम्वाङले कुल ८४ भोटमा ४५–३९ मतले बाजी मारे । ४ वर्षे कार्यकाल रहेको कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उनकै पक्षको बाहुल्य रह्यो । सदस्य पदका विजेता राति अबेरसम्म पनि नतिजा निस्केको थिएन ।
निर्वाचित पदाधिकारीको मत सहित
अध्यक्ष एक निर्वाचित
पंकज विक्रम नेम्वाङ ४५
कर्माछिरिङ शेर्पा ३९
वरिष्ठ उपाध्यक्ष एक निर्वाचित
वीरबहादुर खड्का ४४
शिक्षित पराजुली ४०
उपाध्यक्ष चार निर्वाचित
दावा लामा ४८
विराटजंग शाही ४७
दीपक खतिवडा ४७
दीर्घकुमार केसी ४३
सुन्दर नरसिंह जोशी ४१
उपेन्द्रमान सिंह ३७
विज्ञानराज शर्मा ३७
रत्नकुमार श्रेष्ठ ३६
महिला सदस्य दुई निर्वाचित
सरिला श्रेष्ठ ४६
पेमा डोल्मा लामा ४३
बिना श्रेष्ठ ४०
बिन्द्रा देवान ३९