
विपिन र दिलबहादुरसहित वेपत्ता नागरिकको स्थिति सार्वजनीक गर्न परिवारको माग, शान्ति सम्झौता १६ वर्ष हुँदा पनि अन्यौल कायमै
आफ्नो बच्चा विद्यालयबाट घर आउन एक घण्टा हुँदा अधिभावक आत्तिएको देखिन्छ, एक घण्टा पछि समय बढ्दै जाँदा आत्तिने क्रम बढ्दै जान्छ र एक दिन पुग्दा त्यो खपीनसक्नुमा बदलीन्छ तर यहाँ एक घण्टा र एक दिनको कुरा होइन आफ्नो सन्तान २० वर्ष सम्म वेपत्ता पारिँदा कस्तो भएको होला ? राजधानीमा असार ३ गते आयोजना भएको एक कार्यक्रममा पुगेका मानिसहरु स्तव्ध मात्रै भएनन् मञ्चमा बसेका अतिथिहरुनै अबाक हुन पुगे ।
आज भन्दा २० वर्ष पहिले राधानीबाट विना कारण राजनीतिक आस्था राखैकै आधारमा राज्यका सुरक्षाकर्मीहरुले गिरफ्तार गरी हाल सम्म वेपत्ता बनाइएका ततकालिन विद्याथी नेता विपिन भण्डारी, दिलबहादुर राई समेतको अवस्था सार्वजनीक गर्न माग गर्दै राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, बिपिन भण्डारी फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा सरकारका कानून मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न आफू प्रयत्नरत रहेको बताउनुभयो । बेपत्ता योद्धा विपिन भण्डारी,दिल बहादुर राई,रामहरि रुपाखेती,देवराज पौडेल र कृष्ण बहादुर बस्नेत समेतको स्मरण तथा सम्मान कार्यक्रमका सन्दर्भमा ‘शान्ति सम्झौताका १६ बर्ष र बेपत्ता नागरिकको सार्बजनिकको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रममा वेपत्ता परवारका तर्फबाट विपीनका बुबा वरिष्ठ अधिबत्तला एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कमलादी प्रज्ञाप्रतिष्ठानमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका संसदिय दलका प्रमूख सचेतक तथा पुर्व मन्त्री देवप्रसाद गुरुङले सहिद बेपत्ता योद्धाहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने ।
कार्यक्रममा नेकपाका नेता माइला लामाले आफूहरु वेपत्ता नागरिकको सार्वजनीककरणको लागि जस्तोसुकै चुनौति मोलेर लड्न तयार रहेको र वेपत्ता पारिवारको साथमा रहेको बताउनुभएको थियो ।
कार्यक्रममा वेपत्ता नागरिक छानविन आयेगका अध्यक्ष युवराज सुवेदीले आयोग बनेको ७ वर्ष भएपनि आफुले कायभार सम्हालेको २ वर्ष ४ महिना पुगेको र यो अवधिमा वेपत्ता परिवार पहिचान र परिपुरणको पक्षमा महत्वपूर्ण काम भएको विवरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी संसदिय दलकी सचेतक पुष्पा भुषाल, नागरिक समाजका डा. सुन्दरमणी दिक्षीत आदिले बोल्दै शान्ति प्रक्रियाको १६ वर्ष पुरा हुँदा पनि वेपत्ता भइराख्नु र अवथा थाहा नहुनु राज्यको नालायकीपना भएको बताएका थिए ।
