कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

युक्रेनलाई हराएर वेल्स पुग्यो विश्वकपमा, वेल्स अब समुह बी मा

मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ

विश्वकप छनोटको प्लेअफ फाइनलमा युक्रेनलाई १–० गोलले हराउँदै वेल्स फिफा विश्वकपमा छनोट भएको छ । कार्डिफमा आइतबार राति भएको खेलमा युक्रेनलाई स्तब्ध बनाउन वेल्सका ग्यारेथ बेल नायक बन्नुभयो ।

टोलीका कप्तान बेलले ३४औं मिनेटमा गरेको प्रहार युक्रेनका आन्द्रीय यारमोलेन्कोलाई ठोक्किदै गोलमा परिणत भएको थियो । वेल्स ६४ बर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि वेल्स सन् १९५८ मा पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

यता छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेनको विश्वकप खेल्ने सपना अधुरै रह्यो । वेल्सले अब विश्वकपमा समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा यसअघिनै अमेरिका, इरान र इङल्यान्डले स्थान बनाएका छन् । एजेन्सी

छान्नुहोस् र सुन्नुहोस्