
भिमसेन थापा गाउँपालिका अध्यक्ष बन्जाराले पदबहालीमा गरे यस्ता निर्णय
बैसाख ३० गते सम्पन्न गोरखा जिल्लाको भिमसेन थापा गाउ पालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारा अक्कलले आफ्नो पदबहालीका क्रममा १५ बुँदे निर्णय गर्दै गाउँपालिकालार्य समाजवाद उन्मसख बनाउने घोषणा गरेका छन् । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यष बनेका उनले सार्वजनीक गरेका आजका निर्णयहरुमा ७० वर्ष कटेका जेष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर स्वास्थ्य जाँच गराउने सम्मको योजना छ ।
उनले आज पदवहालीको क्रममा गरियका प्रतिवद्धता एवं निर्णयहरु :
१। स्थानीय सरकार संचालन गर्न सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै भिमसेनथापा गाउँपालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका बनाउने ।
२। गाउँपालिका भित्र बसोवास गर्ने ९७० वर्ष० माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सोको रेकड गर्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन गर्ने । जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा प्रेषणका लागि सहजिकरण गर्ने गरी गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने साथै सवै नागरिकहरुको स्वास्थ्य विमा गराउने कार्यलाई अगाडि वढाउने ।
३। प्रत्येक वडाको मुख्य सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने ।
४। प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न ूएक घर एक रोजगारी वा व्यवसाय ू को कार्यक्रम अगाडि वढाउने ।
५। गाउँपालिकावाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त, भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण वढाउदै प्रविधिको प्रयोगमा जोड दिने ।
६। १ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने ।
७ । पूर्ण पशुपन्छि विमा र कृषि विमा गाउँपालिका निर्माणको लागि कार्यक्रम संचालन गर्ने ।
८। एक घर एक धारा कार्यक्रमलाई पूर्णता दिने ।
९। भिमसेनथापा लोक कल्याणकारी कोष स्थापना गरी संचालन गर्ने र शुरुमा सो कोषमा पालिका अध्यक्षको आधा महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवैसंग १ दिनको आम्दानीरतलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।
१०। क्रिश्चियन समुदायको लागि कव्रस्थान व्यवस्था गर्ने ।
११। युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्ने ।
१२। शहिद वेपत्ताको सम्मानमा विशेष योजना संचालन गर्ने ।
१३। शिक्षा, स्वास्थ्य र रोजगारीमा गुणात्मक व्यवस्था गर्ने ।
१४। दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने ।
१५। सामाजिक सुरक्षा भत्ता वैकसंग समन्वय, सहकार्य गरी गाउँ गाउँमा वितरणको व्यवस्था गर्ने
याहाहरुको साथ र सहयोग्को अपेक्षा गर्दछु ्
