
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’
