भरतपुरमा रेणु जिताउँ भन्दै चुनावी गित सार्वजनिक (भिडियो सहित)

मूलखबर संवाददाता
काठमाडौं, ८ बैसाख

भरतपुर महानगर माओवादी केन्द्रकाे भागमा परेपछि  फेरि पनि मेयरमा माओवादी नेतृ रेणु दाहाल दोहोरिने लगभग पक्का भइसकेको छ । यहि क्रममा रेणु दाहाल जिताउँ अभियान अन्तर्गत चुनावी गीत सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा युटुवर तथा पत्रकार सन्तोष देउजाको शब्द रहेको छ भने प्रदिप त्रिपाठीको संगीत रहेको छ । गीतमा गायक विष्णु खत्री र गायिका टिका पुनको स्वर रहेको छ । नेतृ दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको र भावि दिनमा पनि उनकै आवश्यक रहेको भावहरु गीतमा समेटिएको छ ।

हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा दर्शाइएको छ भने
गीतको छायांकन नारायणी नदी, भरतपुर वडा नं १६ स्थित प्रचण्ड टोल बिकास संस्था,अन्तराष्टिय क्रिकेट रंगशाला लगायत स्थानमा गरिएको हो ।

भिडियोमा स्वंम दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय रहेको छ । रविन्द्र बरालको छायाँकन रहेको सो चुनावी गीतको निर्देशन चितवनका पत्रकार रवि अधिकारीले गरेका छन् । https://www.youtube.com/watch?v=6pxBHmm_5V0

नृत्य निर्देशक रवि शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् ।