चिसंखुगढीमा जनप्रतिनिधिहरु नै माओवादी केन्द्रमा प्रवेश
मूलखबर संवाददाता
काठमाडौं
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वार्ड नं ७ मा सम्पन्न प्रथम वार्ड सम्मेलनको अवसरमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि ठूलो संख्यामा जनप्रतिनिधि सहितका नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।जसका कारण अघिल्लो स्थानिय निर्वाचनमा एमालेले जित हासिल गरेको साे वार्डमा अब चुनौती थपिएको बुद्धिजीवीहरुले बिश्लेषण गरेका छन् । साथै यो प्रवेशले आगामी स्थानीय निकायको निर्वाचनमा पुन: माओवादी केन्द्रको बिजयको सुनिश्चितता बढाएको विश्लेषण गरिएको छ। महाकाली बेचेर राष्ट्रघाती काम गरेको एमालेले तै आफुलाई सुधार्लाकी भनेर आशा गर्नु बेकार रहेको अहिले Mcc काण्डमा एमालेले लिएको नीतिले झनै चुच्चे नक्साको जालाेले ढाकेको टालो पनि खुस्कियर नांगेझार भएको छ। राष्ट्रघात र झुटै झुटको पुलिन्दामा टिकेको एमालेमा रहिरहनु भनेको आफैले आफैलाई भ्रममा राखिरहनु हुनेछ भन्दै २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वार्ड सदस्य लिल बहादुर राई र अमृत बिश्वकर्मा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् त्यसैगरी नेकपा एमाले चिसंखुगढी गाउँ पालिका कमिटी सदस्य प्रविन तामाङ, वार्ड कमिटी सदस्य जितमाया तामाङ र नेका क्रियाशील सदस्य मान बहादुर तामाङ सहित ठूलो संख्यामा नेता कार्यकर्ताको प्रवेश भएको छ। नव प्रवेशीलाई माओवादी केन्द्रका प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायतका नेताहरुले भब्य स्वागत गर्नु भएको थियो । उक्त प्रथम वार्ड सम्मेलनबाट चन्द्रमान तामाङको नेतृत्वमा २९ सदस्य कार्यसमिति चयन भएको छ।