स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान

मूलखबर संवाददाता
काठमाडौं, ५ फागुन

निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते हुने निर्वाचनको लागि कार्यतालिका अनुसार फागुन ५ गते सूचना प्रकाशित हुने जानकारी दिए।

आयोगको माघ २८ गते शुक्रबारको बैठकले निर्वाचनको कार्यतालिका स्वीकृत गरिसकेको छ,’ पौडेलले भने, ‘बिहीबार  सूचना आउँछ।’

सरकारले वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधबार आदेश दिएको हो।

यो आदेशअनुसार अब सर्वोच्च प्रशासनले स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।