
नयाँ शैैक्षिक सत्रको पढाइ चुनावपछि गर्ने तयारी
सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ ।
चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ । मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ ।
यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो । यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखसम्मै शुल्क तिर्नुपर्ने र अर्को स्कुललाई पनि वैशाख महिनादेखि नै लागू हुनेगरी १२ महिनाकै शुल्क तिर्नुपर्ने हुन्छ ।”
कुलेश्वरस्थित टाइम्स स्कुलमा छोरा पढाइरहनुभएको सविता कार्कीले भन्नुभयो, “एकै महिनाको शुल्क दुईवटा विद्यालयमा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न शैक्षिक सत्रका विषयमा निर्णय गर्दा शिक्षा मन्त्रालयले ध्यान दिनुपर्छ ।” यसो गर्दा चालू शैक्षिक सत्रको पढाइ असर नपर्ने र नयाँ शैक्षिक सत्र पनि समयमै सुरु गर्न सकिने मन्त्रालयको विश्वास छ । गत असारबाट सुरु भएको शैक्षिक सत्रको अन्त्य पनि आउने चैतमै गर्ने मन्त्रालयको योजना छ ।
तर, मन्त्रालयको तयारीअनुसार शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ । यस वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो । यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखसम्मै शुल्क तिर्नुपर्ने र अर्को स्कुललाई पनि वैशाख महिनादेखि नै लागू हुनेगरी १२ महिनाकै शुल्क तिर्नुपर्ने हुन्छ ।” – गाेरखापत्रबाट
