सार्वजनिक यातायातमा जाेर विजाेर प्रणाली हट्याे : निजीमा यथावत

मूलखबर संवाददाता
काठमाडौं, १४ माघ

काेराेना संक्रमण बढेको भन्दै उपत्यकाका जिल्लाका सार्वजनिक यातायातका साधनमा लागू गरिएको जाेर विजाेर प्रणाली चाैतर्फी विराेधपश्चात हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कोरोना भाइरस संक्रमणको जोखिमलगायत पछिल्लो परिस्थितिको मूल्यांकन गरेर सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइएको र निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए । यसअघि जारी आदेशका अन्य प्रावधानलाई भने निरन्तरता दिइएको उनले बताए ।