
पाेखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्वारा १० बुँदे मागपत्र पेश, माग पूरा नभए आन्दोलन
पाेखरा विश्वविद्यालयमा अखिल क्रान्तिकारीद्वारा विभिन्न माग राखी प्रशासनसमक्ष १० बुँदे माग पत्र पेश गरेको छ ।
क्रान्तिकारीकाे पाेखरा विश्वविद्यालय केन्द्रीय समितिले पेश गरेको मागपत्रमा जनयुद्ध र जनआन्दोलनका सहिद, वेपत्ता परिवार, घाइते, अपांगलाई विशेष छात्रवृत्तिकाे व्यवस्था गरिनुपर्ने, परिक्षा तालिका अनुसार समयमै परीक्षा सञ्चालन गरिनुपर्ने, काठमाडौंमा एक सम्पर्क कार्यलय खाेलेर विद्यार्थीलाई सहज सुविधा दिनुपर्ने, काेभिड बढिरहेका बेला अनलाइन कक्षाकाे व्यवस्था गरिनुपर्ने लगायतका मागहरू रहेका छन्।
क्रान्तिकारीका अध्यक्ष जीवन खड्का र प्रमुख सचिव अर्जुन कुँवरकाे हस्ताक्षर रहेकाे माग पत्रकाे वाेधार्थ पाेखरा विश्वविद्यालय उपकुलपति, रजिस्ट्रार कार्यलय, परीक्षा नियन्त्रण कार्यलय कास्की र सम्वन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरू तथा अखिल क्रान्तिकारी केन्द्रीय कार्यलयलाई दिइएको छ ।
- क्रान्तिकारीले पेश गरिएको मागहरू तत्काल पूरा गर्न माग गर्दै यदि वेवास्ता गरिएको खण्डमा आफुहरू आन्दोलनमा जान बाध्य हुने र उत्पन्न परिस्थितिकाे जिम्मेवार विश्वविद्यालय प्रशासन नै हुनुपर्ने चेतावनि दिएको छ ।
हेर्नुस् माग पत्र
