
काेेेेेेराेना कहर : सिसिएमसीद्वारा माघ १५ सम्म विद्यालय बन्दकाे सिफारिस
विश्वव्यापी महामारीको रूपमा विस्तार भएको काेभिड १९ काे नयाँ भेरियन्ट ओमिक्राेनकाे त्रासले फेरि नयाँ अातंक पैदा भएको छ । नेपालमा पनि केही दिन यता काेराेनाकाे संक्रमण दर तिब्रतामा फैलिरहेकाे छ ।
यसै सन्दर्भमा कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय कक्षा बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि समितिको आइतबार बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी, आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।
