
भुमि आयाेगकाे ३५ दिने सुचना : सुकुम्बासीकाे लगत संकलन शुरू
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैंतिस(३५) दिने सूचना जारी गरेको छ । आयोगले आइतबार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनको लागि सार्वजानिक सूचना जारी गरेको छ ।
आयोगले स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यहि माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत पेश गर्न आग्रह गरेको छ ।
