
नेपालमा पनि देखियाे ओमिक्राेन भेरियण्ट, सावधान बनाैं
दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
सोमबार दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा दुई जनामा ओमिक्रोन फेला परेको पुष्टि गर्नुभएको हो ।
सहप्रवक्ता डा. अधिकारीअनुसार ६६ वर्षीय विदेशी नागरिक र उहाँको सम्पर्कमा आउनुभएको ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । उहाँहरु दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन सङ्क्रमित दुवै जना अस्पतालको आइसोलेसन कक्षमा उपचाररत हुनुहुन्छ भने उहाँहरुमा गम्भीर लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । उहाँहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
ओमिक्राेन भेरियन्टकाे संक्रमणदर अत्यन्तै उच्च रहेको भएतापनि मृत्यु दर भने न्यून रहेको देखिएको छ ।
