
तिलक परियार कर्णाली प्रदेश प्रमुख नियुक्ति
सरकारले तिलक परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको छ । नेपाल सरकारको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
परियार यो भन्दा प्रदेश नं २ को प्रदेश प्रमुख थिए । तर तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई पदबाट हटाउन राष्ट्रपतिलाई सिफारिस लगतै २०७७ साल फागुन ७ गते पदबाट हटाएको थियो ।
उनी पहिलो पटक २०७६ कात्तिक ८ मा २ नं. प्रदेश प्रमुख नियुक्त भएका थिए। उनलाई हटाएको करिब नौ महिना पछि पुन कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका बताइएको छ ।
