
अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन निर्वाचित
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु ९क्रान्तिकारी०को महासचिवमा निवर्तमान उपाध्यक्ष दिपेश पुन निर्वाचित भएका छन् । महासचिवको पदका लागि दीपेश पुनको नाममा सहमति जुटेको हो। महासचिवमा अन्य केही नामबारे चर्चा चले पनि पुनलाई बनाउने सहमति भएको हो।
हिजो मात्रै २२औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षमा पञ्चा सिंह संगठनको अध्यक्षमा चयन भइसकेकी छिन्। पुन यसअघि क्रान्तिकारीको उपाध्यक्ष थिए।
पुन उपराष्ट्रपति नन्द किशोर पुन पुत्र पनि हुन् । उनले अमृत साइन्स कलेजबाट बिएस्सी अध्ययन गरेका छन् ।
