काठमाडौंमा २ सय ७ पाकेटमार पक्राउ, यस्ता छन् पकेटमारका भाषा

मूलखबर संवाददाता
काठमाडौं, १८ असोज ।

प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ। बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

उनले भने, ‘दसैँलक्षित सुरक्षा कार्यक्रम हामीले कार्यान्वयनमा ल्याएका थियौँ । यस क्रममा दुई सय सातजना पक्राउ परे। उनीहरू चोरी तथा पाकेटमार धन्दामा संलग्न भएको देखिएको छ जसमध्ये ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। बाँकीविरुद्ध अनुसन्धान जारी छ।’

प्रहरीका अनुसार उनीहरूलाई चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो।

यस्ता छन् चोरले प्रयोग गर्ने ‘कोड भाषा’ :
पैसा – द
मोबाइल – कान
पकेटमारी पीडित – रामे
पकेटमारी गर्ने ९मास्टर० – काशी
पैसा धेरै छ – टानको द

पैसा थोरै छ – जुटको द
गाडी –कांचा
केटा – छापा
केटी –भद्रि
पुलिस आयो–ठुल्दाइ आयो
ड्राइभर – माम
खलासी– मले
गाडीबाट झरेर भाग– टप्की
गाडीभित्र अगाडि सर – अकल जा
गाडीभित्र पछाडि सर – चिछल जा