
पत्रकारले जनचासोका विषयको रिपोर्टिङमा जोड दिन आवश्यक-महासचिव पुरी
आम संचारमा काम गर्ने पत्रकारहरुले जनचासोका विषमा रिपोर्टिङमा जोड दिन आवश्यक रहेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अयोजना र चितवन शाखाको व्यवस्थापनमा असोज ९ र १० गते सञ्चालित भएको जनचासोका विषयमा रिपोर्टिङ विषयक दुइदिने तालिममा आफ्नो भनाई राख्दै महासचिव पुरीले पत्रकारका हक हित र अधिकार पक्षमा महासंघले खेलेका भुमिका र निर्वाह गरेका जिम्मेवारी तथा पत्रकारको कर्तव्य बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ पत्रकार सन्तोष पौडेलले जनचासोका विषयहरु के हुन्, कसरी रिपोर्टिङ गर्ने र चुनौतिहरु केके छन् तथा तिनको सम्भावित समाधानका उपायहरु बारेमा वृहत प्रशिक्षण दिएका थिए । रेडियो नेपालका पुर्व विज्ञ सल्लाहाकार तथा विभिन्न मिडियामा सम्पादक र निर्देशक समेतको अनुभव भएका प्रशिक्षक पौडेलले पत्रकारले दिगो विकास लक्ष्यलाई आधार मानेर रिपोर्टीङ गर्न सहभागिहरुलाई आग्रह गरेका थिए । प्रशिक्षणमा राजनीति, सामाजिक जिवनका पक्ष, बजेट, सुसासन र पारदर्शीता लगायतका विषयमा प्रकाश पार्दै स्थानिय तहले गर्ने विकासमा पत्रकारले खोज्नुपर्ने विषयको बारेमा पनि प्रशिक्षण दिइएको थियो । त्यसैगरी पत्रकारीताका सिद्धान्त, समाचार संकलन देखि सम्पादन र प्रकाशन प्रसारणका क्रममा आइपर्ने विभिन्न चुनौति र फिचर लेखनका विषयमा पनि प्रशिक्षण दिइएको थियो ।
तालिममा नेपाल पत्रकार महासंघसँग आवद्ध गोर्खा, चितवन, नवलपुर, मकवानपु र पर्सा जिल्लाबाट पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, कार्यक्रम प्रमुख हिरण्य जोशी, पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, चितवनका सल्लाहकार हरीप्रसाद पोखरेल, चितवन अध्यक्ष नारायण अधिकारी, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दिपेन्द्र अधिकारी , कोषाध्यक्ष राजेन्द्र आचार्य, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना सहितका पदाधिकारी र दुई दर्जन बढि प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको थियो ।
तालिमबाट आफूहरुले जनचासोका विषयमा रिपोर्टीङको विषयमा ज्ञान प्राप्त गर्नुका रिपोर्टीङ गर्ने ज्ञान, सिप, उर्जा प्राप्त गरेको र तालिम उपलव्धीपूर्ण रहेको सहभागिले प्रतिक्रिया दिएका थिए ।
