बुद्ध एयरका दुई विमानमा समस्या, दुर्घटना भने हुन पाएन, छानविन गरिँदै

मूलखबर संवाददाता
काठमाडौं, ११ असोज ।

बुद्ध एयरका दुई उडानमा समस्या देखिएपछि छानविन छोली गठन गरिएको छ। सोमबार विहान साढे सात बजे काठमाडौँबाट पोखराका लागि उडेको बुद्धको यू ६०१–९ एनएजेओ कलसाइनको जहाजको ‘प्राइमेरी इन्डिकेटर’मा समस्या आएको थियो। समस्या देखिएपछि यात्रुलाई अर्को जहाजमार्फत पोखरा पुर्याइएको थियो।

त्यस्तैगरी काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि २५ मिनेटभन्दा बढी आकाशमै होल्ड भएको थियो।

अवतरणको क्रममामा पाङ्ग्रा नखुलेपछि विराटनगरका लागि उडेको जहाजलाई त्रिभुवन विमानस्थलमै फिर्ता गरिएको जोशीले जानकारी दिए। उनका अनुसार उक्त जहाज अहिले सामान्य अवतरण भएर यात्रुलाई अर्को विमानमा सारिएको छ।

बुद्ध एयरले घटनाको छानविन गर्नका लागि टोली गठन गर्ने जोशी बताउँछन्। योसँगै प्राधिकरणअन्तर्गतको हवाइ सुरक्षा विभागले पनि घटनाको छानविन गर्नेछ।