राउटे जातिको चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा
पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत
सकिएको निर्माता पदम दोङ्ले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज
श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत
रहेको छ । मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ ।

‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन । अब हामीले चलचित्रको
सम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागी तयारी अवस्थामा बस्छौ ।
हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमा पूर्ण
विश्वस्त छौ ।’ नायक एंव निर्माता पदम दोङ्ले बताए ।