
काठमाडौंमा फेरिए सिडीओ, पराजुली गए, रिजाल आए
सरकार फेरिएसँगै आफू मातहतका कर्मचारी फेर्ने गृहको बानी यसपटक पनि दोहोरिएको छ । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । राजधानी काठमाडौंको सुरक्षा व्यवस्था सहितका प्रशासनिक कार्यको नेतृत्व गर्ने अधिकारीको रुपमा रहेको सिडिओमा कालिप्रसाद पराजुली लाई हटाएर मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई जिम्मेवारी दिइएको छ । पराजुलीलाई भने मन्त्रालयमा सरुवा गरिएको छ उनको शाखा तोकिएको छैन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।
