
रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको रोकथामको लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण पटक पटक स्थगित हुँदै आएको कक्षा १२ को परिक्षा भदौ ३० गतेबाट सञ्चालन गरिने भएको छ ।
यसअघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन सञ्चालन हुने भएको हा । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । सो परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भए पनि कोरोनाको संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।
