१२ सांसदले एकीकृत समाजवादी राेजेपछि बागमती प्रदेश सरकार संकटमा

मूलखबर संवाददाता
काठमाडौं

सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेश सभा सदस्यले मंगलबार नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे सरकार गम्भीर संकटमा परेको छ ।  उनिहरूले मंगलबार  निर्वाचन कार्यालयमा पुुुुगेर माधव नेपाल नेतृृत्वको दलमा सनाखत गरेका थिए ।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेको सांसद लक्ष्मण लम्सालले जानकारी दिए।