
लमजुङको विद्युुत समस्या समाधान गर्ने उर्जामन्त्री भुषालकाे प्रतिवद्वता
उर्जामन्त्री पम्फा भुषालले लमजुङको विद्युुत उपभोक्ताले भाेगिरहेकाे समस्या समाधान गराउने बताउनुभएकाे छ ।
लमजुङको विद्युुत उपभोक्ताले भाेगिरहेका समस्याबारे ध्यानाकर्षण गराउन मन्त्रालयमा अाएका लमजुङ काठमाडौं संघिय गणतान्त्रिक मञ्च नेतृत्वको टाेलीलाई अाश्वस्त पार्दै मन्त्री भुषालले अाफू जनताको समस्या समाधान गर्न प्रतिवद्व रहेकाे बताइन् ।
टाेलीले लमजुङको उपभोक्ताले अनियमित लाेड सेडिङ र सेवा प्रवाहमा समस्या रहेकाे बताएको थियाे । विद्युुुत वितरणकाेे जिम्मेवारी सामुदायिक बाट प्राधिकरणलाई दिलाउन माग गरेको थियाे ।
प्राधिकरणका जिल्ला प्रमुख समेत सहभागी टाेलीले लमजुङ जलविद्युतकाे हब भएतापनि लगातार अनियमित लाेड सेडिङ र विद्युुुत कटिङकाे समस्या भाेगिरहेकाे बताएपछि मन्त्री भुषालले प्राधिकरणलाई तत्काल जुन जुन फिडरका उपभोक्ताले गुनासाे गर्दछन् उनिहरूकाे माग अनुसार सामुदायिकबाट प्राधिकरणमा सार्नेे निर्णय तत्काल गर्न निर्देशन दिनुभएको छ ।
