बर्खास्तीकाे रिस गण्डकी बजेटमा : एमालेकाे अवराेधबीच पास भयाे बजेट

मूलखबर संवाददाता
काठमाडौं

बुधबार बसेको प्रदेश सभा बंठक लगातार तीन पटक स्थगित भएको थियो । चौथोपटक सुरु गरिएको बैठकमा ठूलो संख्यामा मर्यादापालक परिचालन गरी बजेट पारित गरिएको हो । यसभन्दा अघि एमालेले बजेट र योजनाको विषयमा २७ र २८ मा पनि पटक पटक संसद् अवरोध गरेका थिए । बुधबार बिहान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको एमालेले उक्त पत्रको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेको हो ।

आइतबारदेखि सुरु संसद बैठकमा काँग्रेसले गरेको रकमान्तरको विरोध गर्दै अवरोध गर्दै आएको थियो । पछि संसदीय अनुगमन समिति गठन गर्ने सहमतिपछि संसद सुचारु भएको थियो । सोमबार टेबुल गरिएको विनियोजन विधेयकमाथि बुधबार छलफलको कार्यसूची थियो । तर सुरुआतदेखि नै एमालेले संसद चल्न दिएन र मार्सल लगाएर सदन चलाइएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए । एमाले सांसद बसिरहेको कुर्सी छाडेर संसदको रोष्टम अघि नाराबाजीमा उत्रिए । सत्तापक्ष र प्रतिपक्षी सांसदबीच केहीबेर भनाभन भयो । यसअघिका भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले मन्त्रीको टेबुल नै फालेका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाउँदै आएको छ ।

यसैबीच, एमाले संसदीय दलले सो घटनापछि पत्रकार सम्मेलन गरेको छ । एमाले सांसद एवं पूर्व मन्त्री रामशरण बस्नेतले आफूले टेबुल नफालेको दाबी गरे । उनले नाराबाजीका क्रममा साँघुरो भएर आफूले टेबल सारेको बताए । उनले सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै एमालेले प्रतिवाद गर्ने स्पष्ट पारे ।

सरकार आगामी आवको लागि गत असार १ मा बजेट सार्वजजिक भएको थियो । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गरेको बजेट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८/०७९ विनियोजन विधेयक बहुमतले पास भएको हो । – राजधानीबाट