यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बाढी पहिरोको क्षतीमा २ अर्ब बराबरको बीमा दाबी. मूलखबर संवाददाता काठमाडौं, २५ असार । देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो ।. बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।. नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ ।. बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ ।. सम्बद्ध व्यक्ति तथा कम्पनीबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी पेश नभएको पनि हुन सक्छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ ।. यसरी परेको कुल बीमा दाबीमध्ये सबैभन्दा बढी इन्जिनीयरिङ बीमामा परेको छ । इन्जिनीयरिङतर्फ कुल रू १ अर्ब १२ करोड १४ लाख ७३ हजारको दाबी परेको छ ।. त्यसमध्ये बाढीका कारण क्षति ग्रस्त भएका १०७ ओटा निर्माणाधीन आयोजनाबाट रू ९० करोड ७ लाख ३४ हजारको बीमा दाबी परेको छ । निर्माण सम्पन्न भएका ८ ओटा आयोजनाबाट रू ११ करोड ७० लाखको दाबी परेको छ । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।.
बाढी पहिरोको क्षतीमा २ अर्ब बराबरको बीमा दाबी
मूलखबर संवाददाता
काठमाडौं, २५ असार ।
देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब रू २ अर्ब बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा रू २ अर्ब ९२ करोड ३ लाख बराबरको ३३१ ओटा बीमा दाबी माग भएको हो ।
बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । बाढीका कारण सम्पत्ति, मोटर, कृषि तथा पशुपक्षी, इन्जिनीयरिङ लगायतका बीमामा दाबी परेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यो वर्ष बाढीको वितण्डाका कारण क्षति पुगेपछि त्यस बराबरको दाबी परेको समितिको भनाइ छ । प्राप्त दाबीमा क्षति मूल्यांकन तथा आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी गरिने बताइएको छ ।
बाढीका कारण भवन, सवारीसाधन, कृषि, जलविद्युत् आयोजना, अन्य परियोजना, निर्माणाधीन आयोजनालगायत क्षेत्रमा भौतिक संरचना क्षतिग्रस्त भएका थिए । त्यसमध्ये बीमा भएका क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी माग भएको समितिको भनाइ छ । बाढीबाट भएको भौतिक क्षतिबापत थप दाबी आउन सक्ने समितिले बताएको छ ।
सम्बद्ध व्यक्ति तथा कम्पनीबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी पेश नभएको पनि हुन सक्छ । साथै, नेपालमा बाढी पहिलो आउने क्रम अझै पनि जारी छ । त्यसअनुसार अझै पनि यस्तो बीमा दाबी पर्न सक्ने समितिको भनाइ छ ।
यसरी परेको कुल बीमा दाबीमध्ये सबैभन्दा बढी इन्जिनीयरिङ बीमामा परेको छ । इन्जिनीयरिङतर्फ कुल रू १ अर्ब १२ करोड १४ लाख ७३ हजारको दाबी परेको छ ।
त्यसमध्ये बाढीका कारण क्षति ग्रस्त भएका १०७ ओटा निर्माणाधीन आयोजनाबाट रू ९० करोड ७ लाख ३४ हजारको बीमा दाबी परेको छ । निर्माण सम्पन्न भएका ८ ओटा आयोजनाबाट रू ११ करोड ७० लाखको दाबी परेको छ । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।