
बनेपा पुल बजारक्षेत्र पुरै डुवानमा, सडक अवरुद्ध, स्थानीय आक्रोसित (भिडियो)
काभ्रेपलाञ्चोक जिल्लाको मुख्य बजार बनेपा अन्तरगतको पुल बजार क्षेत्र जलमग्न भएपछि जनजीवन प्रभावित भएको छ ।
गए रातीदेखिको अविरल वर्षाका कारण पुल बजार र सडक जलमग्न बनेको हो ।
यस क्षेत्रमा उचित निकास नहुँदा वर्षेनी बाढी र डुवानको समस्या हुँदै आएको छ । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ । तथापी अझै पनि सडक पानीले पुरिएको र बजार क्षेत्रका घरहरुमा समेत पानी पसिरहेको छ ।
वर्षेपिच्छे निकास व्यवस्थापनको लागी भन्दै करोडौं बजेट खर्च भइरहेको भएतापनि डुवानको समस्या दोहोरिरहँदा स्थानियवासी आक्रोसित समेत बनेका छन् ।
-तस्विर : सुनिल तिमल्सीनाको वालबाट
