यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : अदभुत उपलव्धी, गरिबी निवारणको लक्ष्य पूरा, भव्य कार्यक्रम. चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष: अदभुत उपलव्धी, गरिबी निवारणको लक्ष्य पूरा, भव्य कार्यक्रम. काठमाडौं, १७ असार ।. चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुरा भएको छ । चिनिया कम्पुनिष्ट पार्टीको सय वर्षमा महान् साँसकृतिक क्रान्ति र जनवादी क्रान्ति सम्पन्न गरेको छ भने प्रविधि र विकासमा अद्भुत उपलव्धी हाँसलि गरेको भने आर्थिक रुपमा तथा सैनिक शक्तिको हिसाबले विश्वको पहिलो महाशक्ति बन्दैछ ।. शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश छन्।. थ्यानआनमन चोकमा राष्ट्रिय झण्डोत्तोलनका साथै १ सय तोपको सलामी अर्पण गरिएको थियो भने आकाशमा विमानले १०० को आकृतिका साथ उडान प्रदर्शनी गरेका थिए।. कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरे। सीले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताए।. सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए। चीनले हालै गरिबी निवारणको लक्ष्य पूरा गरेको छ. सीले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो।’शतवार्षिकी सम्बन्धित कार्यक्रमका विभिन्न गतिविधिहरू बेइजिङमा जारी छन् ।. सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी तथा जनसंघर्षको नेतृत्व गरेका अध्यक्ष माओ चतुङले सन् १९४९ को अक्टोबर १ तारिख राजधानी बेइजिङस्थित थ्यानआनमन चोकमा जनगणतन्त्र चीनको घोषणा गरेका थिए।.
चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : अदभुत उपलव्धी, गरिबी निवारणको लक्ष्य पूरा, भव्य कार्यक्रम
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं, १७ असार ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुरा भएको छ । चिनिया कम्पुनिष्ट पार्टीको सय वर्षमा महान् साँसकृतिक क्रान्ति र जनवादी क्रान्ति सम्पन्न गरेको छ भने प्रविधि र विकासमा अद्भुत उपलव्धी हाँसलि गरेको भने आर्थिक रुपमा तथा सैनिक शक्तिको हिसाबले विश्वको पहिलो महाशक्ति बन्दैछ ।
शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश छन्।
थ्यानआनमन चोकमा राष्ट्रिय झण्डोत्तोलनका साथै १ सय तोपको सलामी अर्पण गरिएको थियो भने आकाशमा विमानले १०० को आकृतिका साथ उडान प्रदर्शनी गरेका थिए।
कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरे। सीले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताए।
सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए। चीनले हालै गरिबी निवारणको लक्ष्य पूरा गरेको छ
सीले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो।’शतवार्षिकी सम्बन्धित कार्यक्रमका विभिन्न गतिविधिहरू बेइजिङमा जारी छन् ।
सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी तथा जनसंघर्षको नेतृत्व गरेका अध्यक्ष माओ चतुङले सन् १९४९ को अक्टोबर १ तारिख राजधानी बेइजिङस्थित थ्यानआनमन चोकमा जनगणतन्त्र चीनको घोषणा गरेका थिए।